अविनाश ग्रुपले भरतपुर ल्याबलाई दियो स्वचालित पिसिआर मेसिन

अविनाश ग्रुपले भरतपुर ल्याबलाई दियो स्वचालित पिसिआर मेसिन

अविनाश ग्रुुप प्रालिले भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका लागि पिसिआर परीक्षण मेसिन उपलब्ध गराएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा रहेको मेनुअल मेसिनको माध्यमबाट परीक्षण गर्दै आएको प्रयोगशालालाई अविनाश ग्रुपले स्वचालित मेसिन उपलब्ध गराएको हो।

ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले सामाजिक उत्तरदायित्वका लागि छट्टाएको रकमले प्रयोगशालालाई सहयोग गरिएको जानकारी दिए। स्वचालित मेसिनको अभावमा परीक्षणमा ढिलाई भएको जानकारी पाएपछि कम्पनीले जर्मनीबाट खरिद गरेर मेसिन उपलब्ध गराएको उनले बताए।

प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीकाअनुसार पिसिआर परीक्षणका लागि आवश्यक मुख्य मेसिन स्वचालित भएसँगै अब परीक्षण करिब एक घण्टा छिटो सकिन्छ।उनले ल्याबका लागि यो मुख्य मेसिनसँगै ‘स्वचालित आरएनए एक्सट्राक्टर मेसिन’ पनि आवश्यक भएको बताइन्। त्यो पनि प्राप्त भए दैनिक एक हजार वटा नमूना परीक्षण गर्न सकिने जानकारी उनले दिइन्।

अहिले प्रयोगशालाका कर्मचारीहरुले चौबीसै घण्टा काम गर्दा पनि करिब ५ सय नमूनामात्र परीक्षण गर्दै आएका छन्। परीक्षणमा ढिलाई हुँदा रिपोर्ट प्राप्त गर्नका लागि एक हप्तासम्म पर्खनुपर्ने अवस्था छ।

भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले स्वाचालित मेसिन प्राप्त भएसँगै ल्याबप्रति आउने गरेको गुनासो कम हुँदै जाने विश्वास व्यक्त गरे।

उनले परीक्षणलाई अझै छिटो बनाउन संघीय सरकारसँग स्वचालित आरएनए एक्सट्राक्टर मेसिन माग गरिएको जानकारी गराउँदै छिटै उपलब्ध गराउने आश्वासन पाएको बताए।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले स्रोत साधनको कमीका कारण कोरोना भाइरसको परीक्षणमा ढिलाई हुँदै आएको भन्दै निजी क्षेत्रको सहयोगले जनतालाई राहत मिलेको बताइन्।

Avinash group is a leading business conglomerate of Nepal

Contact Address

Avinash Group

P.O. Box: 44207, EPC: 1319

Anandamarga , Narayangadh

T:+97756570315

F: +977 - 01 - 4456238

E: [email protected]